विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् नियमन आयोगले विद्युत महसुल वृद्धि गर्ने तयारी गरिरहँदा वर्तमान अवस्थामा कुनै पनि वर्गका उपभाेक्ताका लागि महसुल नबढाउन उद्योग संगठन मोरङले आग्रह गरेको छ । उद्योग व्यवसाय क्षेत्रले दैनिक १० घण्टासम्म लोडसेडिङ, ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या भोग्दै आएको भन्दै संगठनले यस्ताे आग्रह गरेकाे हाे । संगठनले उद्याेग क्षेत्रमा निन्तर विद्युत् उपलब्ध गराउनसमेत माग गरेकाे छ ।  

सञ्चालनमा रहेका उद्योग तथा व्यवसाय क्षेत्र र सर्वसाधारणले उपभोग गर्दै आएको बिजुलीकाे महसुल अन्य देशकाे तुलनामा महँगाे रहेकाे संगठनकाे धारणा छ ।  विद्युत महसुल वृद्धि गर्दा त्यसको प्रत्यक्ष प्रभाव वस्तुको उत्पादन मूल्यमा पर्न गई आम उपभोक्ता महँगीको मारमा पर्न सक्ने संगठनका अध्यक्ष राकेश सुरानाले बताए ।

सुरानाले पूर्व सूचना नै नदिइ उद्योग तथा व्यवसायिक क्षेत्रमा हुने विद्युत् कटाैतीले श्रमिक व्यवस्थापनमा कठिनाई भोग्नु परेकाे बताए ।उनले विद्युतको पुरानो संरचनाका कारण सानो झरी, वर्षाका कारण पनि अत्यधिक विद्युत् कटाैती हुने गरेकाे बताए । यसरी अनियमित रूपमा विद्युत् कटाैती हुँदा उत्पादन प्रक्रिया रोकिने, जेनेरेटर सञ्चालन गरेर उत्पादन गर्नुपर्दा लागत वृद्धि हुनुका साथै वस्तुको गुणस्तरमा ह्रास भई स्वदेशी उद्योगहरूमा समेत ह्रास आइरहेको उनले बताए ।

संगठनले हाललाई उद्योगहरूले भोग्दै आएको लोडसेडिङको समस्या, उपलब्ध विद्युतको गुणस्तर, बारम्बार भइरहने लो भोल्टेज र ट्रिपिङको समस्या समाधान गरी गुणस्तरीय विद्युत्काे निरन्तर आपूर्ति गर्न माग गरेकाे छ । त्यसैगरी, अन्य सार्क राष्ट्रहरूले निर्धारण गरेको विद्युत महसुललाई समेत मध्यनजर गरी सर्वसाधारणको दैनिक जीवनसँग सम्बन्ध राख्ने विद्युत् महसुल हाललाई यथावत राखी कुनै प्रकारको वृद्धि नगर्न संगठनले विद्युत नियमन आयोग समक्ष माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit