विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रुसले युक्रेनस्थित युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र नियन्त्रणमा लिएको छ । रुसी सेनाले लगातारको बमबारीपछि विद्युत उत्पादनका लागि निर्माण भएको जापोरिज्जिया आणविक ऊर्जा केन्द्र नियन्त्रणमा लिएको हो ।

रुसी सेनाको आक्रमणका क्रममा यो आणविक ऊर्जा केन्द्रमा आगो लागेको थियो । अहिले आगो निभइएको र आणविक ऊर्जा केन्द्र रुसी सेनाको नियन्त्रणमा गएको युक्रेनी अधिकारीको भनाइ उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आगलागी भएको केही घन्टाभित्र आणविक ऊर्जा केन्द्र रुसी सेनाको नियन्त्रणमा गएको समाचारमा जनाइएको छ । पश्चिमी शक्ति राष्ट्रहरूले ठूलो आणविक ऊर्जा केन्द्रमा भएको आक्रमणको निन्दा गरेका छन् ।

युक्रेनको इनरहोडार सहरमा रहेको यो विश्वका १० मध्ये १ र युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र हो । रुसी सेनाको लगातारको गोलाबारीबाट आणविक ऊर्जा केन्द्रको भवन र युनिटमा आगलागी भएको थियो । 

रुसी सेनाले ट्याङ्क तथा गोलाबारीका बमसहित युक्रेनी सहरमा प्रवेश गरी आणविक ऊर्जा केन्द्र नियन्त्रणमा लिएको हो । आक्रमण गरेको केही समयमा नै उक्त आणविक ऊर्जा केन्द्र रुसी सेनाको नियन्त्रणमा गएको समाचारमा जनाइएको छ ।

युक्रेनमा अहिले जापोरिज्जियासहित ४ वटा आणविक ऊर्जा केन्द्र सञ्चालनमा छन् । जापोरिज्जियाको जडित क्षमता ५ हजार ७ सय मेगावाट छ । यो आणविक ऊर्जा केन्द्रमा ९५० मेगावाटका ६ वटा उत्पादन युनिट छन् ।

६ मध्ये ५ वटा युनिट सन् १९८५ देखि १९८९ को बीचमा सञ्चालनमा आएका हुन् । छैटौं युनिटले सन् १९९५ बाट उत्पादन सुरु गरेको हो । यो आणविक ऊर्जा केन्द्रले युक्रेनको करिब ५० प्रतिशत विद्युत माग धान्दै आएको थियो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit