विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लमजुङको मस्याङ्‌दी गाउँपालिका–६ मा निर्माणाधीन सुपर न्यादी जलविद्युत आयोजनाको  प्रसारण लाइन निर्माणका लागि अनुमति प्रक्रिया अघि बढेको छ । आयोजनाको प्रवर्द्धक कम्पनी सिउरी न्यादी पावर लिमिटेडले उक्त प्रसारण लाइन निर्माण अनुमति पत्रका लागि विद्युत् विकास विभागसमक्ष आवेदन दिएको छ ।  

आयोजनाको स्विचयार्डदेखि सोही गाउँपालिकामा रहेको न्यादी जलविद्युत् आयोजनाको स्विचयार्डसम्म जम्मा ५.०९९ किमि लामो १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण गर्न प्रस्ताव गरिएको हो । प्रस्तावित लाइनबाट ४०.२७ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने जनाइएको छ ।

प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्ने भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा प्रवर्द्धक कम्पनीमा आफ्नो लिखित राय प्रतिक्रिया दिन विभागले आग्रह गरेको छ ।

प्रसारण लाइनअन्तर्गत १४ वटा टावरहरू निर्माण गरिनेछन् । टावरको उचाइ अधिकतम ३५ मिटरसम्म रहने तथा टावरहरू बीचको दूरी ७०५,३२ मिटरदेखि ६५१.८७ मिटरसम्म हुनेछ । 

आयोजना निर्माणका लागि कुल ९.५१६ हेक्टर जमिन आवश्यक पर्नेछ, जसमध्ये १४ वटा टावरका लागि स्थायी रूपमा जम्मा ०.०२३ हेक्टर जग्गा आवश्यक पर्दछ । यसबाहेक विद्युत् मार्गको अधिकार क्षेत्रअन्तर्गत ९.१७९ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ ।

प्रसारण लाइन निर्माणको काम १० महिनाभित्र सक्ने लक्ष्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३