काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले विद्युत नियमन आयोबाट हकप्रद सेयर निष्कासनको लागि पूर्व स्वीकृति पाएको छ । आयोगले फागुन १७ गते (बुधबार) हकप्रद सेयर निष्कासनको लागि स्वीकृति दिएको हो ।
कम्पनीले २०७९ माघ २५ गते हकप्रद सेयर निष्कासनका लागि स्वीकृति माग गर्दै आवेदन दिएको थियो । सोही अनुसार कम्पनीलाई सेयर निष्यकासन अनुमति दिएको हो ।
कम्पनीले आर्थिक वर्ष (आव) २०७७/७८ को साधारणसभाले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको चुक्त पूँजी १ अर्ब ५० करोडको ५० प्रतिशत अर्थात ७५ करोड रकम बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो । कम्पनीको लमजुङमा २५ मेगावाटको माथिल्लो दोर्दी–ए सञ्चालनमा छ ।