काठमाडौं । जनार्दन बरालको नेतृत्वमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १० सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सेजनको शुक्रबार सम्पन्न २२औं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ पत्रिका दैनिकमा कार्यरत बराल सेजनको अध्यक्षमा निर्वाचित भएका हुन् । उनी आशिष ज्ञवाली र शिरोमणि ढुंगाना...}