काठमाडौँ । नेपालमा ९६.७ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ प्रतिवेदनले यस्तो नतिजा देखाएको हो । सर्वेक्षण प्रतिवेदन अनुसार प्रदेशस्तरमा सबैभन्दा बढी गण्डकी प्रदेशका ९९.५ प्...}