काठमाडौं । नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रको विद्युत महसुल काउन्टर बन्द भएको छ । केन्द्र अन्तर्गतको सर्भरमा समस्या आएकोले काउन्टर बन्द भएकाे हो ।
बुधबार केन्द्र अन्तर्गको सर्भरमा समस्या देखिएको र त्यसलाई मर्मत संभार गर्नका लागि काउन्टर बन्द गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सर्भर मर्मत गर्नका लागि केद्रिय कार्यलय काठमाडौं लैजानु पर्ने भएकाेले सञ्चालनमा ल्याउन समय लाग्नेछ। जलेश्वर लगायत सम्पूर्ण प्रशाखाकाे आय संकलन सम्बन्धी कामकाज बन्द हुने केन्द्रले जनाएकाे छ ।
बुधबार (आज) देखि सर्भर नआएसम्म केन्द्र अन्तर्गत सञ्चालन हुने सम्पूर्ण काउन्टर बन्द हुनेछ ।