विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधाहरू घरदैलो नजिकै पुर्याएको बताएकी छन् । ललितपुर महानगरपालिका वडा नम्बर २३ को नवनिर्मित वडा कार्यालय भवनको शुक्रबार (आज) उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । 

‘पाँच वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेका छन्’, उनले भनीन, ‘जनताका घर आँगनमा सिंहदरबार सार्थक भएको छ ।’ स्थानीय तहको पहिलो सरकार गठन हुँदा कतिपय स्थानमा भौतिक पूर्वाधार नभएको बताउँदै मन्त्री भुसालले उपलब्ध साधन र स्रोतको सही प्रयोग गरेर जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिइन् । ‘कानुन पनि नभएको अवस्थामा जनताको आकांक्षालाई सम्बोधन गर्न गाह्रो थियो, अनुभव पनि थिएन, यद्यपि पाँच वर्षमा स्थानीय सरकारले धेरै काम गरेका छन् ।

जनताले घर नजिकैबाट सेवा पाएकोमा खुशी व्यक्त गर्दै मन्त्री भुसालले परिवर्तनको आन्दोलनमा आफूहरूले जीवन खर्चिएको र परिवर्तनका एजेन्डा कार्यान्वयन गर्ने अवसर पाएकाले त्यसलाई स्थानीय जनप्रतिनिधिले भरपुर रूपमा सदुपयोग गर्नुपर्ने बताइन् ।

ललितपुर महानगरपालिका र त्यसअन्तर्गतका वडा मात्र नभइ देशभरका स्थानीय सरकारले जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा उनको जोड थियो । मन्त्री भुसालका अनुसार आधुनिक प्रविधिको अधिकतम प्रयोग गरेर स्थानीय सरकारले जनताको सेवा गर्नुपर्छ ।

ठेकेदारका कारण कतिपय भौतिक पूर्वाधारका काममा ढिलाइ हुने गरेको उल्लेख गर्दै मन्त्री भुसालले जनताले आफ्नो अधिकारका लागि निरन्तर खबरदारी गर्नुपर्ने बताइन् । ‘जनप्रतिनिधिले आफ्ना जनताका लागि योजना पार्ने हो, बजेट छुट्ट्याउने हो, त्यसपछि खरिद प्रक्रियामा जान्छ, त्यसपछि स्थानीय उपभोक्ताले विशेष चासो राख्नुपर्छ’, उनले भनिन् ।

जनताको आवश्यकताको आधारमा विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आफूले विनास गरेरभन्दा पनि संरक्षण गर्दै विकास गर्ने सोचका आधारमा अगाडि बढ्ने विश्वास दिलाइन् ।

अपाङ्गमैत्री आधुनिक भवन बनेसँगै अबका दिनमा जनताले गुणस्तरीय सेवा पाउने ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । उनका अनुसार महानगरपालिकाले निरन्तर जनताका कामलाई विशेष प्राथमिकता दिने विश्वास समेत दिलाए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit