समय आजजस्तो थिएन । काठमाडौँ उपत्यकाभित्र हरेक बस्तीका चिम्नीबाट धुवाँ उडेको प्रस्ट देखिन्थ्यो । घरहरू औँलामै गन्न सकिन्थे । आपसी भाइचारा थियो । साह्रोगाह्रोमा छिमेकीको साथ हुन्थ्यो । टोलटोलमा आत्मीय भाव पाइन्थ्यो । एकर्थमा काठमाडौँको काँठमात्र होइन, मध्यसहर भनिने ठाउँले समेत सुदूर ग्रामीण समाजको हरक...