काठमाडाैँ । कस्मिक इलेक्ट्रिकल लिमिटेड कम्पनीमा कन्स्ट्रक्सन म्यानेजर पदका लागि रोजगारी खुलेको छ । कम्पनीले विद्युत् तथा सिभिल निर्माण परियोजना व्यवस्थापन र प्रभावकारी कार्यसम्पादनका लागि उक्त पदमा एक जना दक्ष तथा अनुभवी जनशक्ति माग गरेको हो ।
कम्पनीका अनुसार उक्त पदका लागि सम्बन्धित क्षेत्रमा ५ देखि १० वर्षसम्मको कार्यअनुभव भएका उम्मेदवारले आवेदन दिन सक्नेछन् । उम्मेदवारसँग इलेक्ट्रिकल वा सिभिल इन्जिनियरिङमा स्नातक तह वा सोसरहको शैक्षिक योग्यता हुनुपर्नेछ ।
यो रोजगारी पूर्णकालीन हुनेछ भने कार्यस्थल नेपालका विभिन्न परियोजना साइटहरूमा कम्पनीको आवश्यकताअनुसार तोकिनेछ । विद्युत् तथा सिभिल परियोजनाको उच्च गुणस्तरीय निर्माण र प्रभावकारी व्यवस्थापनमा रुचि तथा अनुभव भएका योग्य उम्मेदवारलाई कम्पनीले आवेदन दिन आह्वान गरेको छ ।
इच्छुक उम्मेदवारले कम्पनीको वेबसाइटमा रहेको ‘Jobs’ खण्डमार्फत ‘Construction Manager’ पदका लागि आवेदन दिन सक्ने जनाइएको छ ।