Energy Update

  • NEA : 9836 MWh
  • Subsidiary Company : 10356 MWh
  • Private Sector : 26172 MWh
  • Import : 2695 MWh
  • Tripping : 30 MWh
  • Energy Demand : 49089 MWh
  • NEA : 0 MW
  • Subsidiary Company : 0 MW
  • Private Sector : 0 MW
  • Import : 0 MW
  • Tripping : 0 MW
  • Peak Demand : 2352 MW
2026 May 1,Friday
×
एमसिसी अनुदान सहयोगको आयोजना

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ‘एमसिसी नेपाल कम्प्याक्ट’ अन्तर्गत निर्माण गरिने ३१५ किलोमिटर लामो ४०० केभी प्रसारण लाइनका सबै खण्डको निर्माण ठेक्का सम्झौता सम्पन्न गरेको छ । पछिल्लो खण्डका रूपमा काठमाडौँको लप्सिफेदी सबस्टेसनदेखि नुवाकोटको रातामाटे सबस्टेसन हुँदै हेटौँडासम्म ११७ किमिको निर्माण ठेक्का सम्झौता शुक्रबार सम्पन्न भएको हो ।

उक्त प्रसारण लाइन खण्डको ठेक्का सम्झौतामा आशि–बोज्लर (जेभी) संयुक्त उपक्रमसँग भएको हो । सम्झौता पत्रमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र आशि–बोज्लर जेभीका प्रतिनिधि निर्माण गौलीले शुक्रबार एक समारोहका बीच हस्ताक्षर गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मार्फत एमसिए–नेपालले प्रदान गरेको उक्त ठेक्काको रकम करिब ७६६.५० लाख अमेरिकी डलरको रहेको एमसिए नेपालले जनाएको छ । यस सम्झौता अन्तर्गत उक्त ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालन लगायतका काम गरिने छ ।

हस्ताक्षर समारोहमा एमसिसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले सम्झौताले नेपाल कम्प्याक्ट कार्यान्वयनमा भइरहेको उल्लेख्य प्रगतिलाई झल्काएको बताए । ‘यो उपलब्धि यस महत्त्वपूर्ण प्रसारण लाइनको सफलता पूर्ण निर्माण तथा नेपाली जनताको भावी विकास एवं समृद्धिका लागि एमसिए–नेपालको गहन प्रतिबद्धता तथा लगनशीलताको परिणाम हो,’ उनले भने ।

एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले भने, ‘आज आशि–बोज्लर संयुक्त उपक्रमसँग यो सम्झौतामा हस्ताक्षर गरेर एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा एमसिए–नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । विद्युत् प्रसारण आयोजना अन्तर्गत विद्युत् प्रसारण लाइनका सबै खण्डको निर्माण सम्बन्धी सम्झौता सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि हो ।’

एमसिए–नेपालले नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेसनदेखि तनहुँमा निर्माणाधीन नयाँ दमौली सबस्टेसनसम्मको, उक्त सबस्टेसनदेखि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा निर्माणाधीन नयाँ बुटवल सबस्टेसनसम्मको र त्यहाँदेखि नेपाल–भारत सीमासम्म गरी १९८ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि सम्झौता यस अघि नै गरिसकेको छ । यसबाहेक रातमाटे सबस्टेसन, नयाँ दमौली सबस्टेसन र नयाँ बुटवल सबस्टेसन निर्माणसम्बन्धी सम्झौता पनि भइसकेको छ ।

याे पनि – १८० किलाेमिटर ४०० केभी प्रसारण लाइनको दुई वटा ठेक्का सम्झौता सम्पन्न

Conversation

© 2026 Urja Khabar. All rights reserved
Contact for advertisement +977-1-5321303