काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । भारतीय आयल कार्पोरेशनले मूल्य घटाएको सूची पठाएपछि निगम (आइओसी) ले पनि स्थानीय बजारमा मूल्य समायोजना गरेको हो ।
डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाइएको निगमका प्रवत्ता विनितमणि उपाध्यायले बताए । उनका अनुसार मूल्य समायोजनपछि डिजेल र मट्टीतेलको मूल्य लिटरमा ९० रुपैयाँ कायम भएको छ ।
पेट्रोल, खाना पखाउने एपी ग्यास र हवाई इन्धनको मूल्य समायोजन नगरिएको निगमले जनाएको छ । निगमले हरेक २ सातामा आइओसीले पठाएको मूल्य सूचीका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।