विद्युत आपूर्त : प्राधिकरण :५७८० मे.वा.घन्टा / निजी क्षेत्र :६१९७ मे.वा.घन्टा / आयात : ११२४० मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग :२३२१७ मे.वा.घन्टा/ उच्च माग :१३३५ मेगावाट
×
गण्डकी ऊर्जा कम्पनी अष्ट्रियन नेशनल अवार्डबाट सम्मानित

गण्डकी ऊर्जा कम्पनी अष्ट्रियन नेशनल अवार्डबाट सम्मानित

२०७७ भदौ १५

काठमाडौं । अष्ट्रियाकाे इनर्जी ग्लोब संस्थाले गण्डकी ऊर्जा कम्पनीलाई नेशनल अवार्ड २०२० बाट सम्मान गरेको छ । संस्थाले वायो ग्यास उत्पादनको क्षेत्रमा गरेको योगदानको कदर गर्दै अवार्डबाट सम्मान गरेको हो ।

व्यावसायिक वायो ग्यास प्लान्टबाट पुग्ने त्रिपक्षीय फाइदाको मूल्याङकन गरेर संस्थाले अवार्ड दिएको कम्पनीका सञ्चालक कुशल गुरुङले बताए । उनका अनुसार व्यावसायिक वायो ग्यास उत्पादन गर्दा कार्वन उत्सर्जन घटेको, स्थानीय क्षेत्रमा रोजगारीको अवसर सृजना भएको तथा एलपि ग्यास आयात प्रतिस्थापनमा याेगदान पुर्याएकाले कम्पनीले अवार्ड प्राप्त गरेकाे हाे ।

गत असारमा घोषणा भएको अवार्डको प्रमाणपत्र आइपुगेको पनि गुरुङले बताए । २०२० काे अनत्यमा औपचारिक कार्यक्रममार्फत अवार्ड विरतण हुने संस्थाले जनाएकाे छ ।

कम्पनीले पोखरा–३२, मझुवामा २२ करोड रुपैयाँ लागतमा व्यावसायिक वायोग्यास प्लान्ट निर्माण गरेकाे छ । प्लान्ट सञ्चालन गर्न गाई, भैंसीको गोबर, कुखुराको सुली, बंगुरको खोरबाट निस्कने फोहोर तथा अन्य जैविक फोहोरको उपयोग हुँदै आएको छ । प्लान्टबाट २०७६ साउनदेखि ग्यास तथा मल उत्पादन सुरु भएको थियो ।

प्लान्टबाट दैनिक १२ सय किलाे ग्यास र ३ टन मल उत्पादन गर्न सकिन्छ । काेराेना (काेभिड–१९) महामारीका कारण ग्यासकाे खपत घटेकाले ६० प्रतिशत ग्यास खेर गइरहेकाे छ । काेराेनाका कारण ग्यास खपत गर्ने हाेटल तथा रेष्टुरेन्ट बन्द हुँदा मासिक २० लाखकाे आम्दानी प्रभावित भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया