विद्युत आपूर्त : प्राधिकरण :६८५८ मे.वा.घन्टा / निजी क्षेत्र :५९८३ मे.वा.घन्टा / आयात : १२२२० मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग :२५०६१ मे.वा.घन्टा/ उच्च माग :१४०८ मेगावाट
×

गरिबी हटाऊ; विद्युत् खेर जाँदैन

२०७७ पुस १८

गुणस्तरीय शिक्षा,गरिबी रअभाव मुलुकको शत्रु हो ।

गुणस्तरीय शिक्षा : म योग्य हुँ । उत्कृष्ट हुँ जस्तो लाग्छ । जब स्वदेशी र विदेशी योग्यहरूको भीडमा होमिइन्छ तब भूत उत्रन्छ। यो नै हो, गुणस्तरीयतामा कमी ।

गरिबी : म सम्पन्न हुँ जस्तो लाग्छ । जब ज्याकमा र रतन टाटासँग तुलना गरिन्छ तब उनीहरू मुलुकलाई योगदान, नाम र दाम दिँदै धनी बनेका छन् । यहाँ म आफू मात्रै ।

अभाव : अभाव छैन जस्तो लाग्छ । गुणस्तरीय स्वास्थ्य र शिक्षाका लागि आफ्नै कमाई प्रयाप्त छ ? ऋण लिनु परेको छैन ? यी तीन ऋणात्मक तत्त्वहरूले राष्ट्र र नागरिक कसैको टाउको उठ्न दिएको छैन । सकारात्मक सोचको विकास हुन दिएको छैन ।

पहिलो प्रश्न छ, विद्युत् उत्पादन धेरै हुँदैछ । खेर जाने भो भन्ने छ । म भन्छु, गरिबी हटाऊ; विद्युत् खेर जाँदैन । विद्युत् मात्र होइन, गुणस्तरीय विद्युत् आवश्यक छ । यहाँ २२० भोल्ट प्राप्त गर्न स्ट्याबिलाईजर प्रयोग गर्नुपर्ने बाध्यता छ ।

१) जाडोमा हिटर,गर्मीमा एसी, विद्युतीय हुनुपर्याे । ग्यास विस्थापन गर्ने स्तरमा विद्युतीय चुल्हो, विद्युतीय सवारी साधन चल्नुपर्याे ।

२) बंगलादेशका गार्मेन्टले हाम्रो कूल जनसंख्याको दोब्बर जनसंख्यालाई रोजगार दिएको छ।

३) राजमार्ग चार लेनको होस् र बीचबीचमा सडक बत्ती होस् ।

४) कृषि क्षेत्रमा डिजल र पेट्रोलबाट चल्ने मेशिन प्रयोग गर्नुपर्ने आवश्यकता र बाध्यता दुवै छ । त्यो घाटा पूर्तिको विकल्प विद्युतीय उत्पादन नै हो ।

यी उपाय अपनाउन सकियाे भने विस्तारै गरिबीकाे दर कम हुँदै जान्छ । त्यही दरमा विद्युत् खपत पनि बढ्दै जान्छ । बढीकाे भएकाे विद्युत् खेर जाने सम्भावना न्यून हुनेछ ।

प्रतिक्रिया