विद्युत आपूर्ति : प्राधिकरण : ९९७० मे.वा.घन्टा / निजी क्षेत्र : १७९१० मे.वा.घन्टा / आयात : २११६ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग : २९९९६ मे.वा.घन्टा/ उच्च माग : १४४० मेगावाट मे.वा.घन्टा/ निर्यात : मेगावाट
×

दोर्दी–१ आयोजना ९३ प्रतिशत सकियो, विद्युत उत्पादन तालिका पुसमा सर्यो

२०७८ साउन ६

काठमाडौं लमजुङस्थित १२ मेगावाटको दोर्दी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको दोर्दी खोला जलविद्युत कम्पनीले निर्माण गरेको आयोजना सकिन लागेको हो  

आयोजनाको ९३ प्रतिशत निर्माण पूरा भइसकेको बाँध क्षेत्रको सिभिल निर्माणको काम अन्तिम चरणमा पुगेपनि गत असार गते आएको बाढीले आयोजनाको डिसान्डरको सुरक्षित पर्खाल, स्टिलीङ बेसीनमा क्षति पुगेको आयोजना प्रबन्धक उज्वल सिलवालले बताए उनका अनुसार बाँध क्षेत्रको अस्थायी सुरक्षित पर्खाल बनाउने काम भइरहेको

गत जेठमा पूरा भएको . किलोमिटर मुख्य सुरुङको फिनीसिङको काम अन्तिम चरणमा पुगेको ,’ उनले ऊर्जाखबरसँग भने,‘ सय ६० मिटर पेनस्टक पाइप जडान पनि सकिएको , अझै ६० मिटर पाइप जडान हुन बाँकी रहेको बताए ।  सुरुङसँगै ७ सय मिटर पाइप लाइन रहने गरी आयोजनाको डिजाइन गरिएको छ ।

विद्युतगृहको सिभिल संरचनाको काम सकिएको विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम अन्तिम चरणमा पुगेको थियो, तर गत असारमा आएको बाढी पसेर मेसिन हलनै ढुवानमा परेको थियो अहिले इलेक्ट्रोमेकानिकल उपकरण सफा गर्ने काम भइरहेको कम्पनीले जनाएको

आयोजनाको सिभिल संरचना निर्माणको काम पुरा गरी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य थियो तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड१९) महामारीको असरले आयोजना धकेलिएको साथै, गत असारमा आएको बाढी पहिरोले आयोजनामा क्षति पुग्दा उत्पादन तालिका महिना पछि सरेको

अब आयोजनाको सबै काम पुरा गरेर पुसभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ   सबस्टेसनसम्मको आवश्यक . किलोमिटर लामो प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गरिरहेको

प्रसारण लाइनको १५ वटा टावर खडा गरिएको सिलवालले बताए प्रसारण लाइनको कन्डक्टर तथा अन्य आवश्यक सामाग्री आयोजना स्थलमा ढुवानी भइसकेको   आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान आयोजनामा सानिमाको अगुवाईमा बैंकले ऋण लगानी गरेका छन्

प्रतिक्रिया

सम्पादकः लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Degit