काठमाडौं– पर्यटकिय स्थल चन्द्रागिरि हिल्समा हिमपात भएको छ । गएरातीदेखिको वर्षाले चिसो बढ्दा भारी हिमपात भएको हो । चन्द्रागिरिमा यो वर्ष दोस्रो पटक हिमपात भएको हो । अहिले हिल्स वरपर बाक्लो हिउँ जमेको छ । तापक्रम पनि घटेको छ ।
हिमपातपछि हिउँ हेर्ने पर्यटकको भिड लागेको छ । यहाँ चन्द्रागिरि हिल्स लिमिटेडले केबलकारसहित एकिकृत पर्यटकिय
गन्तव्य निर्माण गरेको छ ।